कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सांसद विरोध खतिवडाद्वारा दैनिक ज्यालादारी गर्ने परिवारलाई खाद्यान्‍न

प्रताप विष्ट

हेटौडा — मकवानपुर क्षेत्र—२ का सांसद विरोध खतिवडाले आफ्‍नो निर्वाचन क्षेत्रका दैनिक ज्यालादारी गर्ने परिवारलाई खाद्यान्‍नका सामान उपलब्ध गराउने भएका छन् ।

कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले लकडाउन गरिरहेको समयमा दैनिक ज्यालादारी गरेर हातमुख जोर्ने मजदुरका परिवार भोक भोकै बस्‍नुपर्ने भएकाले आफ्‍नो निर्वाचन क्षेत्रभरीका त्यस्ता परिवारलाई चामल, दाल र नुनको वितरण गर्न लागेको हुन् ।

नेकपाका मकवानपुरका इन्चार्जसमेत रहेका सांसद खतिवडाले आफ्नो नर्वाचन क्षेत्रभरीका परिवारलाई ज्याला गर्न नपाएकै आधारमा दैनिक हातमुख जोर्नका लागि समस्या भएको स्थानीय तहका जनप्रतिनिधिबाट जानकारी आएकाले खाद्यान्न वितरण गर्न लागेको बताए ।


मकवानपुरको मनहरी,राक्सीराङ, कैलाश,इन्द्रसरोवर, मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिका, वडाका सारै विपन्न गरिवारका यसअघि दैनिक ज्यालादारी गरेर हातमुख जोर्नुपर्ने बाध्यता भोग्दै आएका परिवारलाई सम्बन्धित स्थानीय तहको समन्वयमा खाद्यान्न सहयोग गर्न लागेको सांसद खतिवडाले वताए । लकडाउनका कारण सबैभन्दा बढी मारमा दैनिक ज्यालादारी गर्ने मजदुर परिवार परेका छन् ।


परिवारमा रहेका सख्याका आधारमा वडा अध्यक्षको सिफारिसमा नजिकका पसलवाट चामल, दाल र नुन वितरण गर्न लागेको हो ।


यसैगरी प्रदेश सभा सदस्य एवं प्रदेशसभा प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिको विपद् व्यवस्थापन समितीको खातामा एक लाख, राक्सिराङ र कैलाश गाउँपालिकाको खातामा २/२ लाख रुपैयाँ रकम सहयोग स्वरुप उपलब्ध गराएका छन् । बानियाँ उक्त क्षेत्रका प्रदेश सभाका सदस्य हुन् । मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकामा वनकरिया र चेपाङ समुदायको बसोबास रहेको छ । दैनिक ज्यालादारी गरेर उनीहरुले आफनो परिवार पाल्दै आएका छन् ।

प्रकाशित : चैत्र १५, २०७६ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?