इराकबाट फर्केका बाबुछोरीसहित ३ जना आइसोलेसनमा- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इराकबाट फर्केका बाबुछोरीसहित ३ जना आइसोलेसनमा

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — जिल्लामा इराकबाट फर्केका बाबुछोरीसहित ३ जनालाई आइसोलेसनमा राखिएको छ । कोभिड १९ कोरोना भाइरस संक्रमणको आशंकामा भोटेकोसी गाउँपालिका ४ फुल्पिङकट्टीका बाबुछोरीलाई र छिमेकी एकजनालाई बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको हो । 

गएको माघ २९ गते नै इराकबाट फर्केकी ती बाबुछोरी र छिमेकी वृद्ध काठमाडौंमा बस्दैआएका थिए ।


लामो समयदेखि तीनै जनालाई सुक्खा रुघाखोकीको लक्षण देखिएकाले स्वास्थ्य परीक्षणका लागि स्‍वास्थ्य केन्द्रमा आइपुगेको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रकाशित : चैत्र १३, २०७६ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउनपछि १ सय ३७ पर्यटकको उद्धार 

सुरज कुँवर

काठमाडौँ — देशभर लागू भएको लकडाउनको तेस्रो दिन बिहीबार विभिन्न पर्यटकीय क्षेत्रमा अलपत्र परेका १ सय ३७ पर्यटकको उद्धार गरिएको छ ।


पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मीका अनुसार बुधबारयता देशभरबाट १ सय ३७ जना विदेशीलाई उद्धार गरिएको हो ।

यीमध्ये मुस्ताङको जोमसोम बजारबाट ४६ जना पर्यटकसहित नेपालीलाई बिहीबार बिहान काठमाडौं ल्याइएको छ । उनीहरु ठमेलस्थित विभिन्न होटलमा आफैं आइसोलेसनमा बसेका छन् ।

त्यस्तै बोर्डले काठमाडौंस्थित फ्रान्सेली दुताबाससँगको सहकार्यमा लुक्लाबाट बिहीबार ६ जना फ्रेन्चसहित अन्य युरोपियन मुलुकका १४ जनालाई तारा एयरको विमानबाट काठमाडौं ल्याउन सघाएको छ ।

उनीहरु नयाँ बानेश्वरस्थित होटल एभरेष्ट र केही ठमेलका पर्यटकीय होटलमा आइसोलेसनमा बसिरहेका छन् । त्यस्तै बिहीबारै पोखराबाट ५८ फ्रेन्च काठमाडौंमा र चार जना फ्रेन्चलाई काँडेबाट पोखरामा ल्याइएको छ ।

ती चारजनालाई शुक्रबार काठमाडौं ल्याइने छ । त्यस्तै १० जना विदेशीलाई गोरखाको माछीखोला र आरुघाटबाट उद्धार गरिएको छ । गोरखा प्रशासनको सहयोगमा ३ अष्ट्रेलियन र २ स्पेनिस नागरिकलाई गोरखाबाट काठमाडौं ल्याइएको छ ।

बोर्डले गोरखाको जगत र माछीखोलामा २५ जना र लुक्लामा १ सय ५० जना पर्यटक त्यही रहेको जनाएको छ । लुक्लामा रहेका १ सय ५० जनालाई खुम्बु पासाङल्माहु गाउपालिकाले निशुल्क खानबस्न प्रबन्ध गरेको सीइओ उपाध्यायले बताए । उनले देशभर रहेका सबै पर्यटकलाई उद्धार गरेर स्वदेश फर्काउन सघाउने बताए ।

प्रकाशित : चैत्र १३, २०७६ २१:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×