कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटमा १० आइसोलेसन वार्ड र १९१ शय्याको क्‍वारेन्टाइन निर्माण

कृष्ण थापा

नुवाकोट — जिल्लामा अहिलेसम्म १० वटा आइसोलेसन र १९१ वटा क्‍वारेन्टाइनका शय्या निर्माण भएको छ । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको खतरालाई न्यूनीकरण गर्न बिहीबारसम्म ती आइसोलेसन र क्‍वारेन्टाइन निर्माण भइसकेको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । 

नुवाकोटमा १० आइसोलेसन वार्ड र १९१ शय्याको क्‍वारेन्टाइन निर्माण

स्वास्थ्यकर्मीको सुरक्षाका लागि लगाइने सुरक्षा कवच (पीपीई) ४ वटा छन् । जिल्लाभरिका बिरामी आउने संभावनालाई मध्यनजर गरी नयाँ अस्पताल भवनमा १० शय्याकोआइसोलेसन बनाक्षइएको छ ।


त्यसैगरी त्रिशूली क्लिनिक जनसेवा अस्पतालमा १० वटा क्‍वारेन्टाइन बनाइएको छ भने शैक्षिक तालिम केन्द्रमा २० क्‍वारेन्टाइन निर्माण भइसकेका छन् । त्रिशूली क्लिनिक जनसेवा अस्पतालको क्‍वारेन्टाइनमा महिला मात्र र शैक्षिक तालिम केन्द्रको भवनमा पुरुषमात्र राखिने भएको छ । उक्त अस्पतालमा लकडाउनका बेला पनि सामान्य बिरामी १५ जनाको दरले आइरहेको त्रिशूली अस्पतालका प्रमुख तथा मेडिकल सुपरिटेण्डेन्ट डा. रेमकुमार राईले बताए । ‘पीपीई मगाएका छौं,’उनले भने,‘हामीसँग ६ वटा थर्मल गनमा २ वटा बाहिर पाइएको र ३ वटा अस्पतालमा छ ।’ १० थर्मल गन मगाएको उनले बताए ।


गाउँपालिकाहरुमा ज्वरोबाहेक कोरोनाको कुनै उपचार गर्ने दक्ष जनशक्ति नभएको ती स्थानीय तहले जनाएका छन् । स्थानीय तहले हालसम्म विदूर नगरपालिका ३०, तादी गाउँपालिका १०, पञ्‍चकन्या ६, लिखु १०, सूर्यगढी ११, ककनी ५, बेलकोटगढी नगरपालिका ४, तार्केश्वर गाउँपालिका १०, किस्पाङ १०, म्यागङ ४, शिवपुरी ७५ र दुप्चेश्वर गाउँपालिकाले १६ वटा क्‍वारेन्टाइन निर्माण गरेका छन् । ती क्‍वारेन्टाइनहरु अधिकांश अस्पताल, स्वास्थ्य चौकी, विद्यालय, बस्ती निर्माणको लागि बनाइएको घरमा छन् ।

प्रकाशित : चैत्र १३, २०७६ १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?