कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुलीमा लकडाउन : दुई दर्जन सवारीसाधन नियन्त्रणमा

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीमा लकडाउनको अवज्ञा गर्दै राजमार्ग तथा सदरमुकाम आसपासका क्षेत्रमा चलाउने करिब दुई दर्जन सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकामा मोटरसाइकल, अटो टेम्पो, ट्रयाक्टरसहित २१ वटा रहेको प्रहरीले जनाएको छ । 

सिन्धुलीमा लकडाउन : दुई दर्जन सवारीसाधन नियन्त्रणमा

प्रहरी उपरीक्षक रन्जु सिग्देलका अनुसार कोरोना त्रास बुझ्न भनेर हेपेर निस्किएका लोकल सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । ती सवारी साधन अब लकडाउन सकिएपछि मात्रै छाडिने उनले बताइन् ।


काठमाडौं र पूर्वबाट आइ सिन्धुलीमा अलपत्र परेका सवारी साधनलाई भने नाका कटाउने काम भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लामो दूरीका सवारी साधनका चालकलाई क्‍वारेन्टाइन राख्ने र खुवाउने समस्याले गर्दा छाड्ने गरेको एसपी सिग्देलले जनाइन् ।


प्रकाशित : चैत्र ११, २०७६ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?