कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हीरा लुट्ने ३ प्रहरी र पत्रकार पक्राउ

सुवास विडारी

मकवानपुर — जिल्ला प्रहरी कार्यालय मकवानपुरले हीरा लुटपाटमा संलग्न तीन प्रहरी र एकजना पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत विरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ बस्ने २७ वर्षीय वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन् । 

हीरा लुट्ने ३ प्रहरी र पत्रकार पक्राउ

मकवानपुर कैलाश गाउँपालिका–५, चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हीरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आइतबार साँझ हीरा लुटपाट गरेका थिए । लुटपाट लुटिएको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


प्रहरीले उनीहरूको साथबाट हीरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चार सेट ४ थान, क्यामेरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ । प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नम्बरको कार समेत नियन्त्रणमा लिएको छ ।


पक्राउ परेका उनीहरू चोरी तथा डाका मुद्दाअन्तर्गत अनुसन्धान अघि बढाउने मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

प्रकाशित : चैत्र १०, २०७६ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?