कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पनौतीको कर्फ्यू ८ बजेदेखि हट्ने

नगेन्द्र अधिकारी

काभ्रे — जिल्लाको पनौती नगरपालिकामा स्थानीय प्रशासनले लगाएको कर्फ्यू मंगलबार राति आठ बजेदेखि हट्ने भएको छ । टिपरको ठक्करबाट आमाछोरीको मृत्युको विषयलाई लिएर भएको प्रदर्शनले उग्र रुप लिनसक्ने आँकलन मंगलबार बिहानदेखि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको थियो । 

पनौतीको कर्फ्यू ८ बजेदेखि हट्ने

अर्को सूचना जारी नभएसम्मको लागि बिहानदेखि पनौती बसपार्क आसपास लगाइएको कर्फ्यु राति ८ बजेदेखि खुलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।


सोमबार पनौतीमा बा५ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की २६ वर्षीय जुनीमाया तामाङ र ३ वर्षीय छोरी स्मारिकाको मृत्यु भएको थियो । आक्रोशित आफन्त र स्थानीयले प्रदर्शन थालेपछि प्रहरीसँग तनावको स्थिति बनेको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो । गोलीको छर्रा लागेर प्रहरी हवल्दारसहित ६ प्रहरी र ३ स्थानीय घाइते भएका थिए । छर्रा कसरी लाग्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।


खानीखोला–१ स्थित कालिका प्राथमिक विद्यालयको प्रधानाध्यापक रहेकी उनले परीक्षा व्यवस्थापनको जिम्मेवारी अरुलाई दिएर स्वास्थ्य जाँचका लागि बनेपा आउँदै गर्दा टिपरले ठक्कर दिएको थियो । मृतकको शव पोस्टमार्टमको लागि शीर मेमोरियल अस्पतालमा राखिएको छ ।

प्रकाशित : चैत्र ४, २०७६ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?