कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काम नगर्ने ठेकेदारलाई अन्तिम मौका : गृहमन्त्री

सुवास विडारी

मकवानपुर — गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने र विकास निर्माणको कामलाई अलपत्र अवस्थामा छाड्ने ठेकेदारलाई सरकारले अन्तिम मौका दिन लागेको बताएका छन् ।

काम नगर्ने ठेकेदारलाई अन्तिम मौका : गृहमन्त्री

मकवानपुरको फापरबारीमा शनिबारदेखि सुरु भएको वागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै गृहमन्त्री थापाले काम नगर्ने ठेकेदारका कारण धेरै विकास निर्माण काम अवरुद्ध भएको बताएका हुन् । उनले अन्तिम मौका दिँदा समेत काम नगर्ने ठेकेदारलाई सरकारले कारबाही गर्ने चेतावनी दिए ।

‘काम नगर्ने र र विकास निर्माणको कामलाई अलपत्र अवस्थामा छाड्‍ने ठेकेदारलाई अन्तिम मौका दिने विषयमा प्रधानमन्त्रीसँग छलफल भइसकेको छ । अब अन्तिम मौका दिइनेछ । उक्त अवधिमा पनि काम नभए सरकारले कारबाही गर्नेछ,’ उनले भने ।

प्रकाशित : फाल्गुन ३, २०७६ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?