२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

धादिङमा फेरि स्कुटर दुर्घटना, १ को मृत्यु, १ जना घाइते

हरिहरसिंह राठौर

धादिङ — जिल्लाको बेनीघाट चरौंदीमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।

धादिङमा फेरि स्कुटर दुर्घटना, १ को मृत्यु, १ जना घाइते

बिहीबार राति पृथ्वी राजमार्गअर्न्तगत धादिङ बेनीघाट रोराङ ६ स्थित चरौंदीमा काठमाडौं तर्फ आउँदै गरेको भारतीय बीआर ०६जीडी ८६७१ नं. प्लेटको ट्रकले विपरीत दिशाबाट आएको प्र.३–०२– ०१४प–३९८९ नं.को स्कुटरलाई ठक्कर दिँदा सोलुखुम्बु मुक्ली नगरपालिका–१ का २२ वर्षीय स्कुटर चालक प्रकाश बस्‍नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही स्कुटरमा सवार काभ्रे खहरेपागु गाउँपालिका घर भई हाल काठमाडौं महाराजगन्ज बस्दै आएका शनिस थापा घाइते भएका ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेले बताए । स्कुटरलाई ठक्कर दिने ट्रक तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


बुधबार रातिमात्रै गजुरी चाम्वासमा काठमाडौंबाट चितवन जाँदै गरेको स्कुटर दुर्घटना हुँदा अभिनेत्री महिमा सिलवाल र उनकी दिदी शर्मिलाको निधन भएको थियो ।


प्रकाशित : फाल्गुन २, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?