कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केरुङबाट १२ दिनमा ४ सय ७१ जना नेपाल फर्किए

बलराम घिमिरे

रसुवा — केरुङबाट १२ दिनमा ४ सय ७१ जना नेपालीहरु रसुवागढी नाका हुँदै नेपाल फर्किएका छन् ।  व्यवसाय तथा रोजगारीका लागि तिब्बतको केरुङमा रहेका नेपालीहरु फर्किएका हुन् । नाकामा हेल्थ डेक्स स्थापना गरेयता ४ सय ७१ जना नेपालीहरु रसुवागढी नाका हुँदै नेपाल फर्किएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । 

केरुङबाट १२ दिनमा ४ सय ७१ जना नेपाल फर्किए

रसुवागढी नाकामा माघ १० गतेदेखि हेल्थ डेक्स स्थापना गरी नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको चेकजाँच सुरु गरिएको थियो । केरुङमा अझै पनि ६६ जना नेपालीहरु रहेका प्रजिअ अधिकारीले बताए । उनीहरु नेपाल फर्कन चाहे त्यहाँका स्थानिय अधिकारीहरुसँग समन्वय गर्ने काम भइरहेको भण्डारीले बताए ।

केरुङबाट सबैभन्दा बढि नेपाली माघ १८ गते फर्किएका छन् । त्यो दिन १ सय ६३ जना नेपाली फर्किएको हेल्थ डेक्सको रेकर्डमा देखिन्छ । गत सातादेखि चिनियाँ पक्षले केरुङ प्रवेश गर्ने पर्यटक तथा सवारी साधन आवत जावतमा रोक लागाएको छ । तर, केरुङमा रहेका नेपालीलाई भने स्वदेश फर्कन दिइएको छ । चिनियाँ पक्षले गत बुधबारदेखि १५ दिनसम्म लागि रसुवागढी नाकाबाट केरुङ प्रवेश गर्ने पर्यटक तथा सवारी आवत जावत गर्न रोक लगाएको हो ।

रोक लगाएपछि नाकामा सवारी साधन चलेका छैनन् भने पर्यटकहरुको पनि आवत जावत नभएको शसस्त्र प्रहरी वल भन्सार तथा राजस्व सुरक्षा गुल्मले जानकारी दिएको छ ।

अहिले रसुवागढी नाकामा नाकामा दुवैतर्फका सुरक्षा अधिकारीहरु मात्र छन् । दुवैतर्फका सरकारी कार्यालयहरु भने खुल्ला छन् । नाकाबाट आवत जावत हुन छाडेपछि टिमुरे वजार पनि सुनसान छ ।

नाकाको हेल्थ डेस्कमा टेम्पल थर्मोमिटर, ब्यक्तिगत सुरक्षा यन्त्र, केस रिपोर्टिङ फर्म्याट, ट्राभल हिस्टोरी, स्क्रिनिङ, स्याम्पल कलेक्सन फर सस्पेक्टेड र आईसोलेसन रूम(जिल्ला अस्पतालमा) ब्यवस्था गरिएको प्रजिअ भण्डारीले बताए । गोसाईकुण्ड गाउँपालिकाको समन्वयमा स्टाफ नर्सको ब्यवस्था गर्न पहल भइरहेको उनले बताए ।

प्रकाशित : माघ २२, २०७६ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?