कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माघे संक्रान्ति : नुवाकोट र धादिङमा गोरु जुधाई मेला

काठमाडौँ — माघे सङ्क्रान्तिको अवसरमा बुधबार नुवाकोट र धादिङका विभिन्न स्थानमा गोरु जुधाइँदै छ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको चन्दनीमा २२, विदुर नगरपालिकाको बेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिकाको पिपलडाँडामा ८, लिखु गाउँपालिकाको कट्टीछापमा ३, तादी गाउँपालिकाको सातबिसेमा १०, शिवपुरी गाउँपालिकाको गैरीफाँटमा ५ हल गोरु जुधाइरहेको आयोजकले जनाएका छन् ।

माघे संक्रान्ति : नुवाकोट र धादिङमा गोरु जुधाई मेला

तारुकामा आयोजित गोरु जुधाइको व्यवस्थापनका लागि ‘माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्था’ खडा गरिएको छ । तारुकाकोगोरु जुधाइ तथा विभिन्न सांस्कृतिक कार्यक्रममा कांग्रेसका महामन्त्री शशाङ्क कोइराला लगायत सहभागी छन् ।


धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा ७ हल गोरु जुधाउन लागिएको आयोजक चमेरे गुफा संरक्षण समाजले जनाएको छ । तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा यहाँ हरेक वर्ष मकर सङ्क्रान्तिको अवसरमा गोरु जुधाई प्रतिस्पर्धालाई मेलाको रुपमा सञ्चालन गर्ने गरेको पाइन्छ । यसैगरी, गोसाइँकुण्ड युवा क्लबको आयोजनामा बेत्रावतीमा ११ हल गोरु जुधाइँदै छ । वेत्रावतीमा जुधाइने गोरु जात्रामा अवलोकन गर्न प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलगायत सहभागी छन् ।


मकर सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तारुका, बेत्रावतीमा जुधाइने जात्राको अनुशरण गर्दै जिल्लाका अन्य स्थानमा पनि पछिल्लो समय गोरु जुधाइ प्रतिस्पर्धा विस्तार भएको छ । लिखु गाउँपालिका–३ सूर्यमतिको कट्टीछापमा नेपाल मगर संघको आयोजनमा ३ हल गोरु दर्ता भएको जात्रा व्यवस्थापन समिति संयोजक एंव गाउँपालिकाको उपाध्यक्ष रोजिना राईले जानकारी दिइन् । गोरु जुधाइसहित विभिन्न सांस्कृतिक कार्यक्रम हुने छन् ।


नुवाकोटका पञ्चकन्या गाउँपालिका–३ स्थित पिपलडाँडा, शिवपुरी गाउँपालिका–५ गैरीफाँट, तादी गाउँपालिका–४ सातविसे लगायत स्थानमा गोरु जुधाई मेला लागेको छ ।

प्रकाशित : माघ १, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?