मोटरसाइकल दुर्घटनामा सवइन्जिनियरको मृत्यु

दोलखा — जिल्लाको भीमेश्वर नगरपालिकाका सवइन्जिनियर मदन थामीको ससुराली जाने क्रममा गयराती मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

ससुराली गएका श्रीमती र बच्चा लिन जानेक्रममा थामी चढेको प्रदेश नं. ३, ०२—००३ नम्वरको टिभिएस मोटरसाइकल कुथलीनजिक भित्तामा ठोक्किएर दुर्घटना भएको थियो ।


२८ वर्षिय थामीको शुक्रबार राती मोटरसाइकल दुर्घटनामा मृत्यु भएको भीमेश्वर नगरपालिका—१ का वडाध्यक्ष बृर्खबहादुर थामीले जानकारी दिए ।


जिल्ला प्रहरी कार्यालयले थामीको मृत्यु भएको पुष्टि गरेपनि दुर्घटनाको कारण सार्वजनिक गरेको छैन् ।

प्रकाशित : पुस २६, २०७६ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?