कांग्रेसद्वारा पनौतीको नगरसभा बहिष्कार

काभ्रे — कांग्रेसबाट निर्वाचित नगरसभा सदस्यले पनौती नगरपालिकाको छैठौं सभा बहिष्कार गरेका छन् । बहुमतको आडमा पेल्न खोजेको र बोल्न पनि नदिएपछि शुक्रबारको बैठक बहिष्कार गरेको वडा नं ९ का अध्यक्ष सहकुल हुमागाईले जानकारी दिए ।

कांग्रेसले विधेयकहरु तयार नै नभइ हतारमा नगरसभा सञ्चालन गरेको आरोप पनि लगाएको छ ।

‘फाहोरमैला, शिक्षा, स्वास्थ्य, कृषि, टिपर आतंक लगायतका बिषयमा आफ्ना कुरा राख्दै थियौं, असम्बन्धित व्यक्तिले यस्ता विषयमा नबोल्न भन्दै मर्यादा सिकाउन थाल्नुभयो,’ वडाध्यक्ष हुमागाईंले भने, ‘जनप्रतिनिधिले जनताका समस्या राख्न नपाए किन बस्ने भनेर बहिष्कार गरेको जानकारी गराएर हिँड्यौं ।’

हुमागाईंका अनुसार, वडा नं १ का अध्यक्ष गुणनाथ सापकोटाले नगरपालिकाले राम्रो काम गरिरहेको भन्दै अनावश्यक विवाद नगर्न भनेका थिए । नगरप्रमुखको साटो वडाध्यक्षले जवाफ दिँदै मेयर र आफू एउटै पार्टीको भन्ने जवाफ दिएपछि बहिष्कार गरेको हुमागाईंले बताए ।

अर्धवार्षिक समिक्षा गर्न शुक्रबारबाट सुरु भएको नगरसभामा १२ वडाध्यक्ष र इच्छुक नगरसभा सदस्यले धारणा राख्ने कार्यसूची थियो । नगरप्रमुख र उपप्रमुखसहित पनौतीमा नेकपाको बहुमत छ । कांग्रेसका ६ वडाध्यक्षसहित २३ नगरसभा सदस्य छन् ।

नगरप्रमुख भीम न्यौपानेले बहिष्कार गरेको आफूलाई जानकारी नभएको बताए । ‘उहाँहरुले बहिष्कार गरेको जस्तो लाग्दैन, अन्तिम अन्तिमसम्म हुनुहुन्थ्यो,’ प्रमुख न्यौपानेले भने, ‘शुन्य समयमा बोल्न २ जना बाँकी हुनुहुन्थ्यो, मैले दिनुपर्ने जवाफ दिन म तयार नै थिए, उठेर हिडुनुभएछ की ?’ न्यौपानेले कुनै विषयमा विमति नभएको दाबी गरे ।

प्रकाशित : पुस २५, २०७६ १८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?