कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवा बोकेको टिफर खस्दा चालकको मृत्यु

कृष्ण थापा

नुवाकोट — पासाङ ल्हामु मार्गको ककनी गाउँपालिकामा–४, रानीपौवास्थित नाकेढुंगा भन्ने स्थानमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बालुवा बोकेको टिफर खस्दा चालकको मृत्यु

बा२क ३७११ नं.को टिपर दुर्घटना हुँदा बेलकोटगढी नगरपालिका–१३, बाराहीका २२ वर्षीय अजय लामाको घट्नास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी अबीनारायण काफ्लेले बताए ।


उक्त टिपर बालुवा लिएर काठमाडौंतर्फ जाँदै गरेको अवस्थामा सडकबाट खसेको प्रहरीले जनाएको छ । टिपर सडकदेखि ५ सयमिटर तल झरेको छ ।


मृतक लामाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । दुर्घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : पुस १८, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?