कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

१० लाख बराबरको तस्करीको मल बरामद 

पर्सा — प्रहरीले वीरगन्जबाट करिब १० लाख रुपैयाँ बराबरको तस्करीको मल बरामद गरेको छ । तस्करहरुले भारतीय मल भन्सार छली चोरी पैठारी गरी वीरगन्जमा ल्याई अनाधिकृत रूपमा भण्डारण गरी राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बरामद गरेको हो ।

१० लाख बराबरको तस्करीको मल बरामद 

बिहीबार साँझ ५ बजेको समयमा वीरगन्ज महानगरपालिका– १६ बैष्णोदेवी मन्दिर अगाडि बृज किशोर महतोको घरबाट मल बरामद गरेको थियो ।

उनको घरमा कोठा भाडामा लिइ नवलपरासी कावासोती नगरपालिका– ९ का ६२ वर्षीय ज्ञान बहादुर महतोले भारतबाट भन्सार छली चोरी पैठारी गरी अनाधिकृतरूपमा भण्डारण गरी उक्त मल राखेको खुलेको छ । गोदामबाट ७ सय १२ वटा बोरामा रहेको भारतीय मल बरामद भएको थियो । प्रति बोरामा ५० किलो मल रहेको छ ।

महतोलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता डिएसपि दीपक भारतीले जानकारी दिए ।

प्रकाशित : असार ७, २०८१ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×