कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भारतीय नम्बरको गाडीको ठक्करबाट ट्राफिक प्रहरी घाइते

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिपुरमा सोमबार साँझ भारतीय नम्बर प्लेटको स्कोरपियो गाडीको ठक्करबाट एक जना ट्राफिक प्रहरी जवानको खुट्टा भाँचिएको छ । हरिपुर नगरपालिका ८, जगतपुरस्थित नवलपुर-मलंगवा सडक खण्डमा सवारी जाँच गर्न बसेका ट्राफिक प्रहरी जवान २८ वर्षीय शैलेन्द्र साह घाइते भएका हुन् । 

उनलाई नवलपुरबाट मलंगवातर्फ गइरहेको बीआर ०६ पीएफ ०१९३ नम्बरको स्कोरपियोले ठक्कर दिँदा दाहिने खुट्टा भाँचिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घाइते ट्राफिक जवान साहलाई नवलपुरमा सामान्य उपचारपश्चात थप उपचारका लागि वीरगन्ज पठाइएको छ ।

स्कार्पियो चालक कागजपत्र नदेखाई हुइँकिएपछि उक्त गाडी नियन्त्रण गर्नका लागि हरिपुरमा रहेको चेकपोस्टलाई खबर गरिएको थियो । सो गाडी रोक्ने क्रममा ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार भएको स्कोर्पियो हरिवन-५ घुर्कौलीस्थित खेतमा फेला परेको छ । स्कारपियो चालक भने फरार भएका र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख ११, २०८० २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×