कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामजानकी विवाह महाेत्सव सम्पन्न

श्यामसुन्दर शशी

जनकपुर — अयोध्याबाट जन्तीको रुपमा आएका साधुहरुलाई भोजन र बिदाइसँगै सप्ताहव्यापी रामजानकी विवाह महोत्सव मंगलबार सम्पन्न भएको छ । जानकी मन्दिर प्रांगणमा आयोजित महाभोजमा जनकपुरका साधु तथा श्रद्धालुहरू सहभागी थिए ।

रामजानकी विवाह महाेत्सव सम्पन्न

यस अवसरमा भारतको अयोध्याबाट रामको विवाहका लागि जन्तीका रुपमा जनकपुर आउने हिन्दु परम्परा छ । रामजानकी विवाह महोत्सव अन्तर्गत सोमबार राम र जानकीको स्वयम्वर ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदानमा भव्य रुपमा मनाइएको थियो ।

यस क्रममा सेनाको हेलिकप्टरद्वारा पुष्पवृष्टिसमेत गरिएको थियो । हिन्दु किंवदन्ती अनुसार त्रेतायुगमा राम र सीताबीच विवाह भइरहँदा आकाशबाट देवी देवता तथा ऋषिमुनिहरुले पुष्टवृष्टि गरेको रामचरित मानसमा उल्लेख छ ।

रामजानकी विवाह महोत्सवमा नेपाल र भारतका विभिन्न स्थानबाट एक लाखभन्दा धेरै श्रद्धालु सहभागी भएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले दाबी गरेका छन् ।

प्रकाशित : मंसिर १३, २०७९ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?