कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रतुवा खोलाले बगाउँदा झापामा एकको मृत्यु

विराटनगर — रतुवा खोलाको बाढीले बगाउँदा बिहीबार एक व्यक्तिको मृत्यु भएको छ । 

बाढीले बगाउँदा झापाको दमक नगरपालिका-१ स्थित सरस्वती टोलका ५३ वर्षका मोहन रामदामको मृत्यु भएको हो । खोलामा बग्दै आएको शव दमक-७ को रतुवा पुल नजिकै स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

यसैबीच बाढीका कारण शिवसताक्षी नगरपालिका-१० बिहानी टोलका १० घर प्रभावित भएका छन् । कनकाइ नदीको बाढी पस्दा उक्त टोलका तीन घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ६, २०८१ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×