कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पाँचथरमा पोखरीमा डुबेर किशोरको मृत्यु

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको याङवरक ५ कुवापानी निवासी १९ वर्षीय किशोरको पौडी खेल्ने क्रममा पोखरीमा डुबेर ज्यान गएको छ ।
ज्यान गुमाउनेमा स्थानीय धनबहादुर काम्बाङका छोरा सुमन काम्बाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बुधबार अपराह्न साथीहरुसँग याङवरक ५ कालापानी नजिकै बांगे पोखरी गएका काम्बाङको पौडिन नजान्दा डुबेर मृत्यु भएको हो ।

उनी साथीहरुसँग पोखरीमा पौडी खेल्न गएका थिए । काम्बाङको शव बिहीबार बिहानै पोस्टमार्गम गरी आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक दिवस कुँवरले बताए ।

प्रकाशित : असार ७, २०८० १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?