कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिकाका ७६ वर्षीय पुरुषको बिहीबार बेलुकी मृत्यु भएको हो ।

बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

प्रतिष्ठानको सूचना केन्द्रका अनुसार मधुमेह र उच्च रक्तचापको समस्या रहेका ती व्यक्ति मंसिर २ गते अस्पताल भर्ना भएका थिए । पीसीआर जाँच गर्दा मंसिर ३ गते कोरोना पुष्टि भएका उनको बिहीबार बेलुकी साढे ९ बजे मृत्यु भएको हो ।

यसै गरी दुई दिनअघि कोभिड अस्पतालमा राजविराज–४ सप्तरीका ५० वर्षीय पुरुषको पनि मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । कलेजोको दीर्घरोगी रहेका उनलाई मंसिर १ गते कोरोना पुष्टि भएपछि सोही दिन कोभिड अस्पताल भर्ना गरिएको थियो । यससँगै बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएका संक्रमितको संख्या १ सय १३ पुगेको छ ।

प्रकाशित : मंसिर १२, २०७७ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?