कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानमा कोरोना संक्रमितको लडेर मृत्यु

प्रदीप मेन्याङ्बो

धरान — सुनसरीको धरान उपमहानगरपालिकाका एक जना कोरोना संक्रमितको बाथरुममा लडेर मृत्यु भएको छ । धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आफ्नै घरमा होम आइसोलेसनमा बसेका ४८ वर्षीय एक पुरुषको बुधबार दिउँसो लडेर मृत्यु भएको हो । 

उनका अनुसार बाथरुमबाट फर्कने क्रममा लडेपछि स्वास्थ्यकर्मीलाई घरैमा बोलाएर अस्पताल लैजाने तयारी हुँदाहुँदै उनका मृत्यु भएको हो । ज्वरो खोकी आएपछि कोरोना संक्रमणको आशंकामा उनी दुई सातादेखि घरैमा होम आइसोलेसनमा बसेका थिए ।

बुधबार बिहान आएको पीसीआर रिपोर्टमा उनमा कोरोना पोजिटिभ देखिएको थियो । मृतक पुरुषको शवको व्यवस्थापन नेपाली सेनाको टोलीले नियमअनुसार गरेको मेहताले बताए ।

प्रकाशित : कार्तिक १३, २०७७ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?