कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसरीमा कोरोनाबाट तीन दिनमा ५ जनाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीमा तीन दिनको अवधिमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । दसैं टीकाको दिन कात्तिक १० गते २ जना, ११ गते २ जना र बुधबार १ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

सुनसरीमा कोरोनाबाट तीन दिनमा ५ जनाको मृत्यु

उनका अनुसार धरान १ का ६६ वर्षीय पुरुष, धरान १० का ५४ वर्षीय पुरुष र बुधबार धरान १६ बस्ने ८३ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ ।

इनरुवास्थित स्वास्थ्य कार्यालयका कोभिड १९ संयोजक अधिकृत दीक्षा श्रेष्ठकाअनुसार दसैंको बीचमा इटहरी उपमहानगरका ५५ वर्षीय एक पुरुष र भोक्राहा गाउँपालिकाका १ पुरुषको पनि मृत्यु भएको छ । मृतकहरुमध्ये १ जना विराटनगरस्थित कोसी अस्पतालमा र ३ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा र १ जना होम आइसोलेसनमा मृत्यु भएको हो ।

यसैगरी कात्तिक २ गते नै कोरोना संक्रमण पुष्टि भएर ३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका सप्तरी कञ्‍चनपुरका ६० वर्षीय पुरुषको मंगलबार दिउँसो मृत्यु भएको सहप्रवक्ता डा आशिष श्रेष्ठले बताए । उनकाअनुसार मृतकमा उच्च रक्तचाप र मधुमेहको समेत समस्या थियो ।

प्रकाशित : कार्तिक १२, २०७७ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?