कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसरीमा गाँजासहित एक जना पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको कप्तानन्ज प्रहरी चौकीबाट खटेका गस्ती टोलीले आइतबार देवानगन्ज गाउँपालिका–३ पाँचौ सिमरमा १८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । 

सुनसरीमा गाँजासहित एक जना पक्राउ

भारतीय सीमातर्फ जाँदै गरेको को २ ह ६५३७ नम्बरको टेम्पो रोकेर खानतलासी गर्दा गाँजासहित देवानगन्ज बस्ने ४३ वर्षीय चुनिलाल सरदारलाई प्रहरीले पक्राउ गरेको हो । सरदारले युरिया मल प्याकिङ गर्ने प्लास्टिकको बोरामा गाँजाको प्याकेट बनाएर टेम्पोभित्र लुकाएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ परेका सरदारलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत सुनसरीबाट आइतबार नै ७ दिन को म्याद थप गरी कारवाही प्रकृया अगाडी बढाइएको छ ।


प्रकाशित : असार २१, २०७७ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?