कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरानमा आगलागी हुँदा २ जनाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानमा बिहीबार बिहान एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ । आगलागी धरान–१५ बाझगराको स्वीमिङ पुल लाइनस्थित नरबहादुर श्रेष्ठको घरमा भएको हो । आगलागी भएको दुई तलेघरको तल्लो तला सिमेन्टको पक्कीको छ भने माथिल्लो तल्ला काठको थियो ।

आगलागीबाट मृत्यु हुनेहरुमा श्रेष्ठका ८७ वर्षीया धनमाया श्रेष्ठ र ५८ वर्षीयासीता श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्षक ढुण्डीराज न्यौपानेले बताए । उनका अनुसार आगलागी बिहान करिब सवा ८ बजे भएको थियो ।

स्थानीय समुदाय र धरानको दमकले करिब १ घण्टामा आगो नियन्त्रण गरेका थिए । आगलागीबाट श्रेष्ठको माथिल्लो तल्ला पूर्णरुपले जलेर नष्ट भएको छ । आगलागी नियन्त्रण पछि जलेको अवस्थामा आमा छोरीको शव फेला परेको प्रहरीले जनाएको छ । दुवैको शव पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी गृहमा लगिएको छ ।

प्रहरीका अनुसार आगलागीबाट मानवीय क्षति भएसँगै धनमाल क्षतिको विवरण भने आइसकेको छैन ।


प्रकाशित : जेष्ठ २२, २०७७ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?