कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीका कारण १५ विस्थापित

प्रदीप मेन्याङ्बो

सुनसरी — लगातारको वर्षापछि आएको बाढीले कटान गर्दा कोशी हाइवेको धरान–भेडेटार सडक खण्डमा रहेको एक घर बगेको छ । स्थानीय भक्तबहादुर राईले सञ्चालन गरेको होटलसँगैको ६ वटा कटेज बगेको हो । पहिरोका कारण अन्य चार घर पनि उच्च जोखिममा परेका छन् । 

बाढीका कारण १५ विस्थापित

जग्गा धनी समेत रहेका स्थानीय गोपाल राईले भने, ‘जमिन धसिएर भक्तबहादुरको होटल र घर बग्यो । अर्जुन राई, उत्तर कुमारी राई, सन्तोष राई र पुजा राईको घर तथा होटल जोखिमा परेका छन् ।’ करिब डेढ करोड रुपैयाँ बराबरको भौतिक सम्पति क्षति भएको राईले बताए ।


यसैबीच लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको सतह बढेपछि बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुको तिलिया बस्तीका १५ परिवार विस्थापित भएका छन् । वडा सदस्य श्याम लिम्बुका अनुसार कोशी कटान नजिकै आएकाले बगाउनुभन्दा अगाडि आफ्नो घर भत्काउँदै सुरक्षित क्षेत्रमा सर्न थालेका छन् ।


उनका अनुसार तेजबहादुर विक, देवकुमार राई, रामकुमार राई, अमृता राई, पदम राई, आशबहादुर माझी, रामदली चौधरी, कुमार राई, धनकुमारी राई, बाझहाङ लिम्बु, वीरबल राई, तारु चौधरी, प्रमोद झा, प्रभुनाथ माझीलगायत विस्थापित भएका हुन् ।


गतवर्षको कटानमा परेर सोही बस्तीबाट १८ घर विस्थापित भएका थिए । सप्तकोसीमा बुधबार २ लाख ३२ हजार ९ सय ८० क्युसेक प्रतिसेकेण्ड पानीको बहाब रहेको र ५६ मध्ये ३६ ढोकामात्र खोलिएकाले कटान तीव्र भएको वडासदस्य लिम्बूको दाबी छ ।

प्रकाशित : आश्विन १, २०७६ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?