कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

चित्रकार श्रेष्ठ रहेनन्

प्रदीप मेन्याङ्बो

(सुनसरी) — आधुनिक अमुर्त चित्रकलामा दखल भएका धरानमा ५३ वर्षीय चित्रकार स्वयंप्रकाश श्रेष्ठको निधन भएको छ । फोक्सोको क्यान्सरपीडित धरान उपमहानगरपालिका–१ पुरानो बजारमा बस्दै आएका कलाकार श्रेष्ठको बुधबार निधन भएको हो ।

चित्रकार श्रेष्ठ रहेनन्

उनको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।


श्रेष्ठलाई केही साताअघि उपचारका लागि काठमाडौं लगिएको थियो ।


कला केन्द्रका अध्यक्ष रहेका श्रेष्ठले हालैमात्र संस्कृति मन्त्रालयबाट ललितकला तर्फको यो वर्षको प्रादेशिक पुरस्कार पाएका थिए । आफ्नै घरका स्वयम् आर्ट ग्यालरी स्थापना गरेर आधुनिक चित्रकारिता गर्दै आएका श्रेष्ठ ३ दशकदेखि कलाक्षेत्रमा सक्रिय थिए ।


सुनसरीको इटहरीस्थित एसओएस बालग्राममा पनि चित्रकारिताको शिक्षकको रुपमा कार्यरत श्रेष्ठले धरानका सयौं विद्यार्थीलाई चित्रकारताबारे आधारभूत र सैद्धान्तिक ज्ञान सिकाउँदै आएका थिए ।

प्रकाशित : भाद्र ११, २०७६ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?