फिदिम–राके सडकखण्ड पहिरोले अवरुद्ध 

ज्ञानु घिमिरे

पाँचथर — मेचीराजमार्गमा पर्ने फिदिम–राके सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । फाल्गुनन्द गाउँपालिका ३ को पाङग्रेभीरमा बुधबार बेलुकीबाटै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएपछि पूर्वी पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापालगायतका स्थानबाट ओहोरदोहोर गर्ने सवारीसाधन बाटोमै रोकिएको जिल्ला ट्रफिक प्रमुख जनक तिम्सिनाले बताए ।


पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने ट्राफिक प्रमुख तिम्सिनाले बताए । उनका अनुसार हाल स्काभेटर, र प्रहरको सक्रियतामा पहिरो पन्छाउने काम भइरहेको छ । प्रकाशित : श्रावण २, २०७६ १०:१३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राँके–फिदिम सडकखण्ड एकतर्फी सञ्चालनमा

ज्ञानु घिमिरे

पाँचथर — लगातारको वर्षापछि गएको पहिरोका कारण बिहानदेखि अवरुद्ध रहेको मेची राजमार्गको राँके–फिदिम सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

बिहानैबाट सडकमा पहिरो झरेपछि अवरुद्ध राँके– फिदिम सडकखण्डको फाल्गुनन्द गाउँपालिका–३ पाँग्रेभीको सडक अवरुद्ध भएको थियो ।

पानी केही कम भएपछि अहिले एकतर्फी रुपमा सडक सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथरका ट्रफिक प्रमुख जनक तिम्सिनाले दुवैतर्फ सवारी सुचारु गर्नका लागि पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए ।

पहिरोका कारण पाँचथर, ताप्लेजुङ, तेह्रथुम, झापा र राजधानी जाने सवारीसाधनहरु बाटोमै रोकिएका थिए ।

प्रकाशित : असार २८, २०७६ १७:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×