दुई दशकभन्दा बढीदेखि पटकपटक गरी करोडौं रुपैयाँ लगानी गरिए पनि पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीको विकास हुन सकेको छैन । सरकारी तथा गैरसकारी क्षेत्रबाट बर्सेनि ठूलो रकम खर्च हुने गरेको छ ।
विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुलीको कार्यकक्षअघि सेवाग्राही बस्ने स्थानमा आइतबार दिउँसो बम विस्फोट भएको छ । विस्फोटबाट फर्निचर, झयालका सिसा र भवनका भित्तामा क्षति पुगेको छ ।
माङसेवुङ ३ को वडा कार्यालय चतुरे पुग्दा कर्मचारी पुष्कर कार्की सेवाग्राहीको काममा व्यस्त थिए । उनलाई सघाउँदै भेटिएका वडाध्यक्ष मैतराज राईलाई पनि वडाका योजनाहरूको काममा भ्याइनभ्याइ थियो ।
सिलिचोङ गाउँपालिका २ को दांखिला गाउँका जीवन कुलुङ सिसुवाखोलाबाट निकालिएको बिजुली बाल्न पाउने भएपछि खुसी छन् । वर्षाैंदेखि धिपधिपे टुकीको उज्यालोमा बस्दै आएका गाउँवासीको बिजुली बाल्ने सपना पूरा हुन लागेको छ ।
चार वर्षअघिसम्म तीलकबहादुर रानामगर ढाक्रे (ढाकरमा भारी बोक्ने भरिया) थिए । गाईघाट र मुर्कुची बजारबाट उदयपुर र खोटाङका विभिन्न पहाडी क्षेत्रमा भारी बोक्नु उनको दिनचर्या थियो ।