कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको वेलका नगरपालिका–८ बहिरु खोलामा शनिबार मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । 

मोटरसाईकल दुर्घटनामा युवकको मृत्यु 

धरानबाट रामपुरतर्फ आउँदै गरेको स७प ३०९० मोटरसाइकलले भैंसीलाई ठक्कर दिँदा चितवन पर्वतीपुर नगरपालिका घरभएका ३१ वर्षीय सागर सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरठोक्सीलाले जनाएको छ । दुर्घटनामा घाइते भएका सापकोटालाई उपचारकालागि धरानतर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरी निरीक्षक नविनकुमार सिंहले बताए ।


मृतक सापकोटा कालिका कन्ट्रक्सन कम्पनीका कर्मचारी हुन । उनी नादा/कोसी पुल (चतरा)/फत्तेपुर कंचनपुर/रुपनगर सडक निर्माणका लागि कम्पनीको साइड अफिसमा कार्यरत लेखापाल रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २७, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?