कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

दुम्सी मार्न खोज्दा मृत्यु

कान्तिपुर संवाददाता

खोटाङ — दुम्सीको सिकार गर्ने क्रममा एक महिलाको ज्यान गएको छ । खोटेहाङ गाउँपालिका–८ सिम्पानी डिहिगाउँकी ४५ वर्षीया सरिता तामाङको साउन २६ गते मृत्यु भएको हो ।

दुम्सी मार्न खोज्दा मृत्यु

दुम्सीको बासस्थान ओढारमा धुँवा लगाएर मार्ने क्रममा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

आमासँगै दुम्सी मार्न गएका ११ वर्षीय नवल तामाङ अचेत अवस्थामा उद्धार गरिएको छ । उनको उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।


आमासँगै दुम्सी सिकारमा गएकी ७ वर्षीया छोरी पुजन तामाङ भने सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ । सरिताको शव चिसापानीस्थित स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २७, २०७५ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?