कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कान्तिपुर कन्क्लेभका झलकहरू

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : अंगद ढकाल, तस्बिर : इलिट जोशी

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले आयोजना गरेको दुईदिने कान्तिपुर कन्क्लेभ आइतबार सम्पन्न भएको छ । ‘बियोन्ड एक्सपेक्टेसन्स : बियोन्ड बाउन्ड्रिज’ अवधारणामा देशको आर्थिक र सामाजिक उन्नति तथा रूपान्तरणका विविध विषयमा देशभित्र र बाहिरका विज्ञहरूले दुई दिन सघन विमर्श गरेका थिए ।

यसमा राजनीति, भूराजनीति तथा अर्थ कूटनीति, अन्तरदेशीय ऊर्जा प्रसारण तथा व्यापार, जलवायु परिवर्तन, अर्थतन्त्रको सुधार, गीत–संगीत, राजनीतिमा महिला सहभागिता र सार्वजनिक डिस्कोर्ससम्बन्धी १२ सत्रमा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका थिए । त्यसैगरी भारतका पूर्वप्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।

पहिलो दिन ‘जलवायु परिवर्तन’, ‘डिजिटल रूपान्तरण’, ‘अन्तर्देशीय ऊर्जा प्रसारण तथा व्यापार’, ‘नेपाल र विश्व’ तथा ‘विश्व समुदाय र नेपालको सफ्ट पावर’ विषयमा बहस भएको थियो ।आइतबार सुरुवातमा जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी लामा र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले ‘भूराजनीति तथा आर्थिक कूटनीति’ मा संवाद गरेका थिए । त्यसपछि ‘सार्वजनिक संवादको शैली’मा गायक प्रकाश सपुत, चिकित्सक भगवान कोइराला, राजनीतिशास्त्री जीवन बानियाँ र युवा अभियन्ता सोविता गौतम सहभागी थिए ।

‘अर्थतन्त्रको उपचार : आयात निषेध कि निर्यात वृद्धि’मा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेय र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले बहस गरेका थिए । संगीतको सिमानामा गिरीश खतिवडा, लोचन रिजाल, स्वप्न सुमन, झुमा लिम्बूको सहभागिता थियो ।

त्यसैगरी ‘नेतृत्वमा महिला, अब पहिला’ कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना लामा, झापाको गौरीगन्ज गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशी, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र बिदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी संवादमा सहभागी भएका थिए ।

अन्तिम तथा समापन सत्रमा पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग समग्र राजनीतिक विषयमा संवाद गरिएको थियो । सन् २०१९ मा सुरु भएको यो ‘इभेन्ट’को दोस्रो संस्करण २०२० मा भएको थियो ।


प्रकाशित : भाद्र २७, २०७९ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्