टुँडिखेलमा ल्होसारको रौनक

तस्बिर : दीपक केसी

काठमाडौँ — गुरुङ समुदायको नयाँ वर्ष एवं सबैभन्दा ठूलो पर्व तमु ल्होसारको अवसरमा टुँडिखेलमा विविध कार्यक्रम गरी मनाइँदैछ । गुरुङ समुदायको परम्परागत पात्रोअनुसार पुस १५ गते अर्थात् ल्होसार नयाँ वर्षको दिन हो । यस दिनमा आफन्त, कुलकुटुम्बसँग भेटघाटका साथै भोजभतेर खुवाउने तथा शुभकामना आदान प्रदान गर्ने चलन छ ।


प्रकाशित : पुस १५, २०७८ १५:११
प्रतिक्रिया
पठाउनुहोस्

खाद्यबाट खसीबोका बिक्री सुरू [तस्बिरहरू]

तस्बिर : दीपक केसी

काठमाडौँ — सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत आज (शनिबार) बाट खसीबोका बिक्री सुरु भएको छ । चाडबाडको मुखमा खसीबोका बिक्रीमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारी घोषणाअनुसार बिक्रीमूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । खसीबोका खरिदका लागि सर्वसाधरणहरू बिहान ५ बजेदेखि नै लाइन लागेका थिए । बिहान ७ बजेदेखि खाद्यले बिक्री सुरु गरेको हो ।


प्रकाशित : आश्विन २३, २०७८ १०:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×