कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता ईकान्तिपुरमा राजनीतिक, स्वास्थ्य, कृषिलगायतका तस्बिरहरुले प्राथमिकता पाएका छन् । लुम्बिनीमा नि:शुल्क मोतियाविन्दुको शल्यक्रियापछि आँखाका बिरामीहरु, सर्लाहीको कविलासी नगरपालिकाको पिपरियामा आगलागीबाट घर नष्ट, जाडो बढेसँगै रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका, मैकोटमा परेको हिउँलगायतको तस्बिर प्रकाशित भए । त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरपट्टि सफाई, ट्राफिक नियमविपरीत जोखिम मोलेर चोभारमा एक मोटरसाइकलमा चारजना यात्रा गर्दै गरेका तस्बिरले पनि स्थान पाएका छन् ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१, मैकोटमा परेको हिउँ । तस्बिर : कान्तिपुर

लुम्बिनीमा नि:शुल्क मोतियाविन्दुको शल्यक्रिया गरी चस्मा, औषधि लिएपछि आँखाका बिरामीहरु । तस्बिर : मनोज पौडेल

नेपाली कांग्रेसको महामन्त्री पदमा निर्वाचित भएपछि सानेपास्थित पार्टी कार्यालयमा कार्यकर्ता तथा समर्थकहरुसँग खुसी साट्दै गगन थापा । तस्बिर : अंगद ढकाल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरपट्टि बिहीबार सफा गर्दै कामदारहरु । तस्बिर : हेमन्त श्रेष्ठ

चोभारमा एक मोटरसाइकलमा चारजना यात्रा गर्दै । तस्बिर : अनिश रेग्मी

पूर्व-पश्चिम महेन्द्र राजमार्गको आडैमा रहेको पूर्वी चितवन भण्डारा पुर्बारी गाउँको तोरीबारीमा चरनका लागि राखेका माहुरीका घारहरु । तस्बिर : रमेशकुमार पौडेल

प्रकाशित : पुस ३, २०७८ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्