कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'महिला रोकिए, विश्व रोकिन्छ' [तस्बिरहरु]

महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस
तस्बिर : इलिट जोशी

काठमाडौँ — महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा विभिन्न संघ संस्थाहरुले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्‍याली तथा प्रदर्शन गरेका छन् । सो अवसरमा लैंगिक समानता तथा महिला अधिकारका सबालमा कार्यरत तथा सरोकार राख्ने संघसंस्था र व्यक्तिहरुको सहभागिता थियो ।


प्रकाशित : मंसिर ९, २०७८ १५:५०
प्रतिक्रिया
पठाउनुहोस्

एमाले महाधिवेशनको बन्द सत्रमा विदेशी पाहुनाले पनि सम्बोधन गर्ने 

‘गाडी चल्न पाउदैन भन्ने झुटो प्रचार हो’
कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको दसौं महाधिवेशनको शनिबार हुने बन्द सत्रमा विदेशी पाहुनाहरूले पनि सम्बोधन गर्ने भएका छन् । चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

एमाले विभिन्न देशका पार्टीहरूलाई महाधिवेशनमा सहभागी हुन बोलाएको छ । शुत्रबार उद्घाटन हुने त्यसपछि प्रतिनिधिको परिचयत्र वितरण हुने छ । त्यसपछि शनिबार बन्दसत्र सुरु हुनेछ । त्यही दिन उम्मेद्वारी दर्ता र अन्तिम सूची प्रकाशन हुने छ । उद्घाटन सत्रमा ५ हजार स्वयंसेवक खटिने उनले जानकारी दिए ।

‘गाडी चल्न पाउदैन भन्ने झुटो प्रचार हो’

एमालेको महाधिवेशन स्थल वरपर गाडी चल्न पाउदैन भन्ने गलत प्रचार भएको बताए । उनले मान्छेको हिँडडुल र सवारी अवागमनका कुनै अवरोध नहुने जानकारी दिए ।


प्रकाशित : मंसिर ९, २०७८ १५:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×