कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कार्टुनमा सर्वोच्च विवाद

अविन

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा नेपाल बार एसोसिएसनले तीन सातादेखि धर्ना दिँदै आएको छ । बारको अगुवाईमा कानुन व्यावसायीहरुले नियमित रुपमा सर्वोच्चको मुख्य गेटमा दिनहुँ दुई घण्टा धर्ना दिँदै आएका छन् । न्यायालय सुधारको माग राख्दै कानुन व्यवसायी र सर्वोच्चका न्यायाधीशहरुले पनि प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन सुझाव दिएका छन् । तर जबरा टसमस भएका छैनन् । न्यायालयमा आएको याे संकटमा दलहरु चुपचाप छन् । न्यायालयको विवाद न्यायालयमै मिलाउनुपर्ने भन्दै उनीहरु पन्छिइरहेका छन् । बारको आन्दोलन चलिरहेको याे अवधिमा कान्तिपुरका वरिष्ठ कार्टुनिस्ट अविनले सर्वाेच्च अदालत र दलहरुकाे भूमिकालाई यसरी उतारेका छन् ।


प्रकाशित : कार्तिक ३०, २०७८ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्