२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अविन

अविनका लेखहरु :

कार्टुनमा सर्वोच्च विवाद

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा नेपाल बार एसोसिएसनले तीन सातादेखि धर्ना दिँदै आएको छ । बारको अगुवाईमा कानुन व्यावसायीहरुले नियमित रुपमा सर्वोच्चको मुख्य गेटमा दिनहुँ दुई घण्टा धर्ना दिँदै आएका छन् । न्यायालय सुधारको माग राख्दै कानुन व्यवसायी र सर्वोच्चका न्यायाधीशहरुले पनि प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन सुझाव दिएका छन् । तर जबरा टसमस भएका छैनन् । न्यायालयमा आएको याे संकटमा दलहरु चुपचाप छन् । न्यायालयको विवाद न्यायालयमै मिलाउनुपर्ने भन्दै उनीहरु पन्छिइरहेका छन् । बारको आन्दोलन चलिरहेको याे अवधिमा कान्तिपुरका वरिष्ठ कार्टुनिस्ट अविनले सर्वाेच्च अदालत र दलहरुकाे भूमिकालाई यसरी उतारेका छन् ।

गठबन्धनको गलामा एमसीसी 'हड्डी' 

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गर्ने/नगर्ने विषयले सत्ता गठबन्धन दलहरू अप्ठेरोमा परेका छन् । दुई वर्षदेखि संसद्‌मा थन्किएर बसेको एमसीसीले अहिले सडकसमेत तताउन थालेको छ ।