कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

विराटनगर फूलैफूलको बजार [तस्बिरहरु]

शब्द/तस्बिर : जितेन्द्र साह

विराटनगर — तिहारमा सजावट, पूजा र भाइटीकामा मालाका लागि फूल नभइ हुन्न । यो बेला फूल किनबेच अधिक हुने गर्छ । मुलुकका अन्य भागजस्तै लक्ष्मीपूजाको पूर्वसन्ध्यादेखि ने विराटनगर महानगरपालिकाको मुख्य सडक र चोकमा फूलको बजार लाग्छ । पूजाको मुख्य दिन बिहानदेखि महानगर फूलैफूलको बजारमा परिणत हुन्छ ।

तिहारको संस्कृति एवं सौन्दर्यसँग जोडिएको सयपत्री, मखमली र कमल फूललगायत किन्न भीड लाग्छ । स्थानीय उत्पादनले मात्र माग धान्न नसक्ने हुनाले भारतको पश्चिम बंगाल र विहारसम्मका फूल आइपुग्छ । सजावटका लागि सस्तो भारतीय फूल किने पनि पूजाका लागि भने स्थानीयले महँगो नेपाली सयपत्री फूलको झुप्पा नै रोज्छन् ।


प्रकाशित : कार्तिक १८, २०७८ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्