२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

शब्द/तस्बिर : जितेन्द्र साह

शब्द/तस्बिर : जितेन्द्र साहका लेखहरु :

विराटनगर फूलैफूलको बजार [तस्बिरहरु]

तिहारमा सजावट, पूजा र भाइटीकामा मालाका लागि फूल नभइ हुन्न । यो बेला फूल किनबेच अधिक हुने गर्छ । मुलुकका अन्य भागजस्तै लक्ष्मीपूजाको पूर्वसन्ध्यादेखि ने विराटनगर महानगरपालिकाको मुख्य सडक र चोकमा फूलको बजार लाग्छ । पूजाको मुख्य दिन बिहानदेखि महानगर फूलैफूलको बजारमा परिणत हुन्छ ।

बाढी पसेको बस्तीमा तिहारको तयारी [तस्बिरहरू]

स्थानीय लोहन्द्रा खोलाको बाढीले दक्षिणपूर्वी मोरङको धनपालथान गाउँपालिकामा खेतबारी डुबायो  । घरआँगन भत्कायो । लोहन्द्रा खोलाको बाढीले मंगलबार धनपालथान गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सबैभन्दा बढी असर गरेको थियो । विराटनगर–रंगेली जोड्ने मुख्य हुलाकी मार्गको मध्यमा रहेको यी दुई वडा बीचको सडक भएर खोला बगिरहेको थियो ।

पुल हो कि पोखरी ! [तस्बिरहरु]

मोरङको विराटनगर एवं कटहरीको सीमास्थित सिंघिया पुल पानी परेपछि पोखरीमा परिणत हुन्छ । जसले गर्दा वारपार गर्न सकस हुन्छ । अविरल वर्षापछि मंगलबार पनि उक्त पुलमा बिहानदेखि तलाउ बनेको छ ।