कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यस साता भत्किएका तथा मर्मतको अवस्थामा रहेका राजधानी काठमाडौंका व्यस्त सडक, तिहारको मौकामा रमाउँदै गरेका बालबालिका, प्राकृतिक सौन्दर्यका आकर्षक तस्बिरले इकान्तिपुरमा प्राथमिकता पाए । यस्तै सल्यानको कुपिण्डे ताल लगायत तस्बिर पनि इकान्तिपुरमा प्रकासित भए । जुन तस्बिरहरू दर्शकले निकै रुचाएको पाइयो । साताभरका तिनै प्रतिनिधि तस्बिरहरू : ‍

ललितपुरको हरिसिद्धीमा निर्माणाधीन सडकमा धुलो उडेपछि पानी छर्कँदै स्थानीयहरू । तस्बिर : दीपक केसी/कान्तिपुर

काठमाडौंको हनुमानढोका परिसरमा परेवाहरूसँग रमाउँदै बालिका । तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल नजिकैको व्यस्त सडकमा भ्वाङ परेपछि मर्मतको तयारी गरिँदै । तस्बिर : अनिष रेग्मी/कान्तिपुर

पशुपतिको मृगस्थलीस्थित मृगको पिठ्यूँमा बाँदर । तस्बिर : अनिष रेग्मी/कान्तिपुर

नजिकिँदै गरेको तिहारलाई लक्षित गरी ललितपुरको गुसिंगलमा लक्ष्मी र गणेशका मूर्ति तयार पार्दै भारतबाट आएका कलाकार । तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर

कीर्तिपुरस्थित त्रिवि परिसरमा स्केटबोर्ड कौशल सिक्दै युवक । तस्बिर : दीपक केसी/कान्तिपुर

प्रकाशित : कार्तिक १३, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्