बाढीमा जोखिम मोल्दै दाउराको जोहो [फोटोफिचर]
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
धनकुटा — बाढीले यत्रतत्र डुबाएपछि जनजीवन त्रासमय बनेको छ । तर सप्तकोसी किनारका बासिन्दाको जीवनशैली भने फरक देखिन्छ । प्रदेश १ र २ लाई छुट्याउने विन्दु नेपाल–भारत सीमाना सप्तकोसी ब्यारेजमा भेटिएका ११ वर्षीय दिपक राम व्यारेजको खोलिएको ढोकाको अगाडि रुखको मुडा कतिखेर बगेर आउला भनेर ढुकी बसेका छन् । जब नदीमा बाढी आउँछ, तब उनी दाउरा खोज्ने दाउमा हुन्छन् । उनी बुधबार मध्यान्ह धमिलो नदी उर्लिएको बहावमा जोखिम मोलेर सिंगासिंगै रुखका मुडा निकाल्न व्यस्त थिए ।
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/tember-20102021053129-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/img4665-20102021053345-1000x0.jpg&w=1001&h=0)
दिपकको साथमा उनका साथी सन्दिप मण्डल, सनम मण्डल पनि थिए । हातमा डोरीले बाँधेका तिखा भाला हुत्याएर नदीले बगाएको मुडालाई रोप्दै आफूतिर तान्दै थिए उनीहरु । व्यारेजमा खोलिएको ढोकाबाट उर्लिंदै गरेको भेलको पर्वाहा थिएन उनीहरुलाई । थोरै मात्र असावधानी भएमा ज्यान जोखिममा छ, तर त्यहाँ दाउराको खोजीमा बालबालिकासहित दर्जनौं स्थानीय व्यस्त थिए ।उनीहरुले संकलन गरेको दाउरा प्रतिठेला हजार रुपैयाँसम्म बिक्री गरेको दिपक रामले बताए । ४ कक्षामा पढ्ने उनी नदीमा बाढी आएपछि पढ्नभन्दा दाउरा झिक्न किनारमा पुग्ने बताउँछन् । 'नदीबाट झिकेको दाउरा बेचेर केहीबेरमै धेरै पैसा कमाउन पाउने भएकोले बाढी आएपछि खुसी लाग्छ', उनले भने, 'बाढी आएको बेला म दाउरा बिक्री गरेर दिनको १५ सयसम्म कमाइ गर्छु ।'
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/img4621-20102021053458-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/img4619-20102021053525-1000x0.jpg&w=1001&h=0)
नदीले बगाएको दाउरा किनारमा थुपार्नेको प्रतिस्पर्धा हुने गर्दछ । एउटै ठूलो मुडा नदीले बगाएर ल्याएमा ३/४ जना मिलेर भाला रोपेर त्यसलाई पानीबाट बाहिर निकाल्ने गरेको सनमले बताए । आफूहरुले झिकेको दाउरा होटल र स्थानीयवासीले किन्ने गरेको उनले बताए । बाढीमा दाउरा बिक्रिबाट मनग्य कमाइ भएपछि घरपरिवारबाट समेत उनीहरुलाई त्यस काममा लगाइने गरेको बताउँछन् । बाढीले बगाउने खतरा भए पनि आफूहरु पौडन सिपालु भएकोले बच्न सक्ने दाबी उनीहरुको छ । पहिले माछा मार्ने काममा जुट्दै आएका उनीहरु पछिल्लो समय नदीले बगाएको दाउरा बिक्री गर्दै आएका छन् ।
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/img4675-20102021053255-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/img4636-20102021053410-1000x0.jpg&w=1001&h=0)
सप्तकोसी व्यारेजको दुवैतर्फ स्थानीय युवाहरु बाढीले बगाएर ल्याएको दाउरा पानीबाट झिक्ने र बेच्ने काममा व्यस्त हुन्छन् । नदी किनारमा दाउरा झिक्ने काम अत्यन्त जोखिमपूर्ण भए पनि उनीहरु आफै जोगिएर त्यस काममा रहने गरेको प्रहरी चौकी कोसी व्यारेजका इन्चार्ज तारा चुँडाल बताउँछन् ।अत्यधिक पानीको बहाव भएपछि बुधबार ५६ वटा ढोका रहेको सप्तकोसी ब्यारेजको ४२ वटा ढोका खुला गरिएको थियो । तटीय भागका बासिन्दालाई सतर्कता अपनाउन सूचना गरिएको थियो । बुधबार मध्यान्ह कोसी ब्यारेजमा २ लाख ६६ हजार क्युसेक पानीको बहाव पुगेको ब्यारेज नियन्त्रण कक्ष स्रोतले जनाएको छ । उच्च विन्दुमा पानीको बहाव पुगेको बेला दाउरा खोज्नेहरु भने सामान्य रुपमा देखिएका थिए ।
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/img4653-20102021053437-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/img4613-20102021053548-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/img4614-20102021053609-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/img4683-20102021053323-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/img4759-20102021053206-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/img4750-20102021053142-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)