चहलपहल देखियो चिया बगानमा [तस्बिरहरु]
काठमाडौँ — प्रदेश १ अन्तर्गत इलाम जिल्लाको पर्यटकीय कन्यामस्थित चिया बगानमा आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । दसैंको टीकाको दोस्रो दिन शनिबार कन्याममा घुम्न आउने सर्वसाधारण संख्या उल्लेख्य देखिएको हो । पर्यटकहरु चिया बगानमा फोटोखिचेर, टिकटक बनाएर रमाइलो गरिरहेका थिए ।