कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय फुटसल लिगको उपाधि जितेपछि...[तस्बिरहरु]

तस्बिर : केशव थापा

पोखरा — ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगको उपाधि स्पोर्ट्स क्यासल फुटसल क्लब पोखराले जितेको छ । पोखरा रंगशालास्थित कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा घरेलु टोलो स्पोर्ट्स क्यासलले शंखमूल फुटसललाई ४-२ को गोल अन्तरले हराउँदै उपाधि जितेको हो । शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा क्यासलका तर्फबाट किशोर गुरुङले ह्याट्रिक गर्दै आफ्नो टिमको जित सुनिश्चित गरे । क्यासलकै विजय गुरुङले १ गोल गरे । यस्तै शंखमूलको तर्फबाट लक्ष्मण थापा मगर र मणि लामाले १/१ गोल गरेका थिए ।

बिहीबार दोस्रो क्वालिफायरमा शंखमूलले धरानको दी राइजिङ क्लबलाई अतिरिक्त समयमा पराजित गरी फाइनल तय गरेको थियो । क्यासल भने राइजिङलाई हराएर सिधै फाइनल पुगेको थियो । खेलाडी, प्रशिक्षक र रेफ्रीका लागि परीक्षण नै थियो । विजेता-उपविजेतालाई एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पुरस्कार हस्तान्तरण गरे ।

प्रकाशित : आश्विन २२, २०७८ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्