कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा हेरौं, सुर्खेत उपत्यका सेरोफेरो

शब्द/तस्बिर : हरिहरसिंह राठौर

काठमाडौँ — देशकै सबैभन्दा ठूलो ताल राराको प्रवेशद्वार सुर्खेतमा अहिले कर्णाली प्रदेशको राजधानी छ । राणाकालमा औंलोको निकै प्रकोप रहने भएकोले खासै बस्ती थिएन । बसोबास र सहरीकरण बढेसँगै यो उपत्यका अहिले सुन्दर बनेको छ । वीरेन्द्र नगरपालिका क्षेत्रमा पर्ने यस उपत्यकामा ब्राह्मण, क्षेत्री, मगर, थारु, कामी, सार्की, दमाई, दशनामी सन्यासी आदि प्रमुख जातिहरु बसोबास गर्छन् । विभिन्न जिल्लाहरुबाट बसाइँ सरी आएकाले यहाँको चालचलन, रीतिथिति/ संस्कृतिमा समेत विविधता पाइन्छ ।

कर्णाली प्रदेशका अधिकांश जिल्लामा उपभोग्य सामग्रीहरु वीरेन्द्रनगरबाट जाने हुँदा यो पश्चिम नेपालकै प्रमुख व्यापारिक एवं शैक्षिक पर्यटकीय केन्द्रसमेत बन्न पुगेको छ । देशको सन्तुलित विकासको निम्ति भन्दै तात्कालीक चार विकास क्षेत्रमा विभाजन गर्दा वीरेन्द्रनगर सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम घोषणा गरिएको थियो । साविकको वीरेन्द्रनगरलाई नेपालकै व्यवस्थित गुरुयोजना भएको सहरका रुपमा चिनिएको छ । यस नगरपालिकाभित्र ईसं १२६८ मा निर्माण गरिएको काँक्रे विहार, बुलबुले ताल, देउतीवज्यै मन्दिर प्रशिद्ध छन् ।

प्रकाशित : भाद्र २९, २०७८ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्

भेरी नदी किनारका रमणीय गाउँ [तस्बिरहरु]

शब्द/तस्बिर : हरिहरसिंह राठौर

भेरी — देशैभरका स्थानीय सरकारहरुको होडबाजी यतिखेर ग्रामिण दूरदराजमा सडक पुर्‌याउनेछ । ग्रामिण सडक निर्माणसँगै दुर्गम बस्तीहरुमा निर्माण सामाग्रीहरु ढुवानी सहज भएका छन् । सडक पहुँच भए पनि विशेष गरी नदी किनारमा पर्ने सुर्खेत, सल्यान, जाजरकोट, रुकुमका बस्तीहरुमा सिमेन्टका आधुनिक घर निर्माणमा अझै रुचि छैन ।

सबै बस्तीमा मौलिक र नेपालीपन झल्कने घरहरुकै बाहुल्यता छ । सडक छेउका केही व्यापारिक केन्द्रहरु बाहेक छेउछाउका बस्ती मौलिक घरहरुले नै भरिएका छन् । भेरी नदीको तिरैतिर सुर्खेतदेखि सल्यान, जाजरकोट, रुकुम हुँदै डोल्पासम्म दर्जनौं मौलिक बस्तीहरु छन् ।

छिन्चु, बोटेचौर, सल्लीवजार, जामुनेबजार, छेडाबजार, रिम्ना, कालिमाटी, दल्ली, चौखा हुँदै डोल्पासम्म स–साना व्यापारिक केन्द्रहरु छन् । भेरी नदीकै माछामा निर्भर बजारमा स–साना होटलहरु पनि थुप्रै छन् ।

थुप्रै व्यापारिक केन्द्रहरुमा मोटरसाइकलका शोरुम, मर्मत केन्द्र, मोबाइल र टेलिभिजन पसल थुप्रै सञ्चालनमा छन् ।

गाउँ बस्तीहरुमा युवाहरु छैनन् । गाउँ बस्तीहरु रमणीय भए पनि सिँचाई हुने खेतबारी बाहेक अन्य जग्गाहरु बाँझै छन् ।

सबै तस्बिरहरु ड्रोनबाट लिइएका हुन् ।


प्रकाशित : माघ १०, २०७७ १३:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×