कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

धन्न, आफूले लगाएको आगोले आफैलाई पोलेन

तस्बिर : अंगद ढकाल

काठमाडौँ — सत्ता गठबन्धन नेकपा(एस) को भ्रातृ संगठन अनेरास्ववियुले मिनभवनस्थित नेपाल कमर्स क्याम्पस (एनसीसी) अगाडि गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गर्ने क्रममा आगो लगाइको पुत्ला अचानक एक विद्यार्थीमाथि नै झर्‍यो । अनेस्वावियु केन्द्रीय सचिवालय सदस्य विराज धमलालाई आगोको लप्काले भेटेपछि उनी अत्तालिँदै दौडिए । पुत्लामा आगो लगाएर कलेज बाहिर निस्कने क्रममा प्रहरीले पुत्ला खोस्न खोजेपछि आगो लागेको पुत्ला उनीमाथि खसेको थियो । धन्न उनलाई गम्भीर घाउ भने लागेन ।

'पुत्ला जलाउने क्रममा पुलिससँग सामान्य धकेलाधकेल भएपछि आगोको लप्का शरीरमा खसेको हो । गम्भीर चोट लागेको छैन । म ठीक छु,' उनले भने । लम्की कैलालीका धमला ८ वर्षदेखि विद्यार्थी राजनीतिमा छन् । एमाले, नेकपा हुँदै अहिले नेकपा(एस) मा आबद्ध छन् । राजनीतिशास्त्रमा स्‍नातक सकाएका धमला हाल काठमाडौंको सिनामंगल बस्दै आएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आपत्ति जनाएपछि नेकपा(एस) निकट अनेरास्ववियुले सोमबार मिनभवनस्थित एनसीसी अगाडि गृहमन्त्रीको पुत्ला दहन गरेको हो ।


प्रकाशित : भाद्र २१, २०७८ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्