१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

काठमाडौं महानगर : जता हेर्‍यो, त्यतै बेहाल

शब्द/ तस्बिर : अंगद ढकाल

काठमाडौँ — महानगर कस्तो हुनु पर्ला ? सफा, स्वच्छ, हराभरा । तर देशकै राजधानी काठमाडौं यस्तै होला त ? करिब तीन हप्तादेखि फोहर नउठ्दा काठमाडौं महानगरपालिका अहिले कुरुप बनेको छ । महानगरको चोकचोकमा थुप्रिएका छन् फोहोर ।

नेपाल विद्युत् प्राधिकरण बिजुलीको तार भूमिगत गर्ने कामका लागि बबरमहलस्थित सडक खन्दै कामदार ।

जता हेर्‍यो उतै फोहरको डङ्गुर । दुर्घन्दित भएको छ महानगर । यो मात्र हैन यस्ता थुप्रै कारणहरु छन जसले महानगरलाई कुरुप बनाएको छ। बल्लतल्ल मेलम्ची खानेपानी आयोजनाले खानेको पाइपलाइन पुरेर कालोपत्रे के सकिएको थियो फेरि सुरु भएको छ विद्युत्‌को तार भूमिगत गर्ने काम ।

थापाथलीको प्रसुति गृह र नर्भिक अस्पातल अगाडि बिग्रिएको सडक र भित्ता च्यापेर सडक पार गर्दै विद्यार्थीहरु ।

सडक खन्ने, खोतल्ने आफ्नो काम सकेपछि त्यसलाई बेवास्ता गर्ने पुरानै चलन हो । अझ पानी परेपछि सुरु हुन्छ महानगरवासीको सास्ती । पानी परे हिलो, घाम लागे धुलो । अनि खाल्डाखुल्डी त छँदैछन् ।

थापाथलीको प्रसूति गृह र नर्भिक अस्पताल अगाडिको हिलाम्मे सडक ।

बिजुलीको खम्बामा देखिन्छ महानगरको अर्को कुरुपता । पोलपोलमा गुज्मुजिएका छन् तार । अव्यवस्थित तारले आगलागीका दुर्घटना भएका छन् । जनधनको क्षति भएको छ ।

अनामनगरस्थित सडक पेटीको बीचमै रहेका बिजुलीका पोल ।

अहिले महानगरले फुटपाथलाई केही व्यवस्थित गर्न खोजेको देखिन्छ । त्यसमा पनि समन्वयको कमी देखिन्छ । फुटपाथको बीचबीचमा बिजुलीका खम्बा गाडिएका छन् । फुटपाथ मिचिएका छन् । फुटपाथ कहाँ गएर अलप हुन्छन् थाहै हुन्न ।

त्यतिमात्रै हो र फुटपाथ, सडकछेउ, कतै खाली ठाउँ जहाँ पायो त्यही अव्यवस्थित पार्किङ बनाइन्छ । बेलुकी भएपछि सडक व्यापारीले कब्जा जमाउन भ्याउँछन् ।

काठमाडौं जिल्ला अदालत अगाडि पार्किङ निषेध गरिएकै क्षेत्रमा राखिएका मोटरसाइकलहरु ।

पुरानो बानेश्वर चोक सडकछेउमा थुप्रिएको फोहरको डङ्गुर ।

काठमाडौंको न्युप्लाजास्थित बिजुलीको पोलमा अस्तव्यस्त अवस्थामा रहेका तार ।

शान्तिनगरस्थित बिजुलीको पोलमा अस्तव्यस्त अवस्थामा रहेका तार ।

नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरतर्फ जाने सडकको छेउमा थुप्रिएको फोहरको डङ्गुर ।

सुन्धारास्थित दुर्गान्धित र फोहोर सार्वजनिक शौचालय ।


प्रकाशित : भाद्र १६, २०७८ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्