२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

शब्द/ तस्बिर : अंगद ढकाल

शब्द/ तस्बिर : अंगद ढकालका लेखहरु :

समलिंगी जोडी भन्छन् : विवाह दर्ता भएपछि न्याय पायौं

विवाह गरेको ६ वर्षपछि नेपालमै पहिलो पटक कानुनी मान्यता पाएका समलिंगी जोडीले न्याय पाएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा लमजुङको दोर्दी गाउँपालिका २ सल्लाबोटकी ३७ वर्षकी माया भनेर चिनिने रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका ८ कावासोती इन्द्रचोकका २७ वर्षका सुरेन्द्र पाण्डेले बिहे दर्तापछि आफूहरूलाई न्याय मिलेको बताएका हुन् ।

काठमाडौं उपत्यकामा छठ पर्वको तयारी [तस्बिरहरु]

काठमाडौंको विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ । छठ पर्वको तयारी स्वरुप गुहेश्वरीस्थित गौरीघाटमा वाग्मती नदी सरसफाइ गरिँदै छ । त्यस्तै कमलपोखरी, नागपोखरी, मनोहरा खोलाकिनारलाई सिंगार्ने, सरसफाई गर्ने, टेन्ट लगाउने काम भइरहेको छ ।

भक्तपुरमा गाईजात्राको रौनक [तस्बिरहरु]

जिल्लाका स्थानीयले सांस्कृतिक चाड गाईजात्रा पर्व बिहीबार धुमधामसाथ बनाएका छन् । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा तहामचा (मृतात्माको प्रतीक) लाई गाई वा मानिसलाई गाईका रूपमा सिँगारी नगरपरिक्रमा गराएर साथमा घिन्ताङघिसी खेल्दै गाईजात्रा मनाइएको हो । यसरी नगरपरिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

काठमाडौंबाटै सगरमाथा !

असोज/कात्तिक‚ मौसम खुल्ने महिना । मनसुन बाहिरिएसँगै छ्याङ्ग हुन्छ आकाश । नेपालमा पनि गत शनिबारदेखि मनसुन बाहिरियो । मौसम सफा भयो । पछिल्लो केही वर्षयता वायु प्रदूषणले उपत्यकाको मौसम छ्याङ्ग खुलेको देख्न मुश्किलै पर्थ्यो । तर गत तीन दिनदेखि मौसम सफा भएपछि उपत्यकाको उत्तरतिरका हिमाल टल्केका छन् ।

काठमाडौं महानगर : जता हेर्‍यो, त्यतै बेहाल

महानगर कस्तो हुनु पर्ला ? सफा, स्वच्छ, हराभरा । तर देशकै राजधानी काठमाडौं यस्तै होला त ? करिब तीन हप्तादेखि फोहर नउठ्दा काठमाडौं महानगरपालिका अहिले कुरुप बनेको छ । महानगरको चोकचोकमा थुप्रिएका छन् फोहोर ।