'देशको स्थिति अहिलेको भन्दा राम्रो होस् । नेपालीहरुले विदेश जान नपरोस् । नेपालमै बसेर परिश्रम गर्नपर्ने अवस्था होस्, ' धान रोप्दै गरेकी दीक्षा तामाङले भनिन् ।
झापा — बिहीबार देशभर मतदान भइरहेको छ । तर निर्वाचनको 'इपिसेन्टर'को रुपमा लिइएको झापा-५ मा मतदान धमाधम चलिरहँदा दमक नगरपालिका-१० सानो बार्हघरेमा भने किसानहरु धान रोप्नमा व्यस्त थिए । स्थानीय किसानहरु अहिले चैते (बिजु) धान रोप्नमा व्यस्त छन् । उनीहरुले बिहान मत दिएर दिउँसो धान रोप्न आएको बताए । 'देशको स्थिति अहिलेको भन्दा राम्रो होस् । नेपालीहरुले विदेश जान नपरोस् । नेपालमै बसेर परिश्रम गर्नपर्ने अवस्था होस्, ' धान रोप्दै गरेकी दीक्षा तामाङले भनिन् ।
![Damak farmers busy planting on election day [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/64122487912750775780697766701797812294727231n-0532026120659-1000x0.jpg&w=1001&h=0)