कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छत–छतमा गौरा

तस्बिर : कविन अधिकारी

काठमाडौँ — नेपालको सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष उल्लासका साथ मनाइन्छ । महिलाहरूले गौरादेवीको अर्थात शिव र पावतीको प्रतिमालाई टाउको राखेर नाच्ने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । पछिल्ला वर्षहरुमा काठमाडौंकै टुँडिखेलमा धुमधामका साथ मनाउने गरिएको गौरा पर्व यसपालि पनि पोहोरझैं कोरोनाका कारण टुँडिखेलमा मनाइएन ।

कोरोनाले देशको आर्थिक जीवनमात्र होइन सांस्कृतिक जीवनमा पनि असर पारिरहेको छ । यस वर्ष तीज पनि अन्य वर्षजसरी मनाइएन । न त सहर बजारमा मेला लागे न पशुपतिमा नै भिड लाग्यो । समूहमा जम्मा मनाइने चाडबाडलाई कोरोनाले एक्लै मनाउने चाडमा बदलिदिएको छ ।


प्रकाशित : भाद्र १४, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्

विभाजनतर्फ बढेका पाइलाहरु...[तस्बिरहरु]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि एमाले र जसपा औपचारिक रुपमा विभाजित भएका छन् । अध्यादेशले दल विभाजनका लागि बाटो खोलेपछि बुधबार एमाले र जसपाका नेताहरू नयाँ दल दर्ताको निवेदन दिन निर्वाचन आयोग पुगेका थिए । आयोग परिसरमा प्रस्तावित एमाले (समाजवादी) र जसपा नेपाल (लोकतान्त्रिक)का नेताहरू इकान्तिपुरकर्मी कविन अधिकारीको क्यामेरामा यसरी कदै भए ।

तस्बिर : कविन अधिकारी


प्रकाशित : भाद्र २, २०७८ १८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×