२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता हामीलाई उत्कृष्ट लागेका सात तस्बिरहरु । भूकम्पले भत्काएको धादिङको पुरानो सदरमुकाम सुनौलाबजारस्थित निर्माणाधिन भैरवी मन्दिर । यो मन्दिर परिसरमा तस्बिर खिच्‍न दैनिक सयौंको संख्यामा युवाहरु आउने गरेका छन् । तस्बिर : हरिहरसिंह राठौर

सल्यानको काल्चेडाँडाबाट बासस्थान सारेर सुर्खेतको गुर्वाकोट नगरपालिका १ गुर्वाकोटको जंगल नजिकै सडकमा राउटे समुदायले बनाएको टहरा । तस्बिर: विप्लव महर्जन

कोरोना संक्रमणका जोखिमबीच भक्तपुरको पाँचतले मन्दिर परिसरमा गाईजात्रा मनाइँदै । कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले गाईजात्रा औपचारिकतामा मात्र सीमित गर्ने निर्णय गरेपनि सयौंको संख्यामा भीड जम्मा भएको थियो । तस्बिर: अंगद ढकाल

ललितपुरको पाटन दरबार परिसरमा मतया पर्व मनाउन निस्केका दुई युवा । कोरोना संक्रमणको कारण यो वर्ष पनि स्थानीय सरकारले औपचारिकता मात्र सिमित गर्ने निर्णय गरेपछि पर्व मनाउने सर्वसाधारणको कमी आएको छ । तस्बिर: इलिट जोशी

बिहीबार साँझदेखि आएको वर्षाले डुबानमा परेको कपिलवस्तु बाँणगंगा ११ को ओदारीगाउँ । बाँणगंगामा बाढीका कारण ७ बस्तीका ६० घर डुबानमा परेका छन् । तस्बिर: मनोज पौडेल

काठमाडौंको रत्नापार्क बस बिसौनीमा यात्रु बोलााउदै माइक्रोबसका सहचालक बालक । तस्बिर: इलिट जोशी

काठमाडौंको टन्केश्वरमा थुप्रिएको फोहरको डङुर (माथि) र कर उठाउन काठमाडौं महानगरले पञ्चेबाजासहित घरदैलो कार्यक्रम गर्दै (तल) । एकातिर महानगरले दुई हफ्तादेखि फोहर उठाइरहेको छैन तर कर उठाउन भने पञ्चेबाजासहित घरदैलो कार्यक्रम गरिरहेको छ । तस्बिर: केशव थापा र बिजु महर्जन ।


प्रकाशित : भाद्र १२, २०७८ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्