कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुमा ५० घर डुबे [तस्बिरहरू]

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — गए रातिदेखिको वर्षाले जिल्लाको वाँणगंगा नगरपालिकामा ५० बढी घर डुबानमा परेको छ । नगरपालिकाको ‍‍२ नम्बर वडाको कलौनी र पिपरा आसपास तथा ४ नम्बर वडाको झुगा क्षेत्रमा घर डुबानमा परेको छ । ८ नम्बर वडाको बोर्डगाउँ, बालापुर र धनेशपुर तथा ३ नम्बर वडाको गंगोलीया र बभनी क्षेत्रका घर डुबानमा परेको छ ।

११ नम्बर वडाको ओदारी, मैरी, हथौसाका घर पनि डुबानमा परेको इप्रका पिपराका निरीक्षक दिनेश गुरुङले बताए ।

अविरल वर्षाका कारण पानीले निकास नपाएपछि पानी घरभित्र पसेर क्षति गरेको छ । प्रहरीले गएराति २ देखि ३ बजेसम्म १५ जनालाई उद्धार गरेकोछ ।

डुबेका घरमा खाद्यान्न, भाँडाकुँडा, टिभी, फ्रिज र कागजपत्र नष्ट भएको छ । त्यस्तै जीतपुर–तौलिहवा सडक खण्ड अन्तर्गत ओदारीमा कालोपत्रे पानीले डुबाएको छ ।

दुई सय मिटर बाटोमा घुँडाघुँडा पानी पुगेको थियो । गएरातिदेखि शुक्रबार दिउँसोसम्म बाटोबाटै पानी बग्दा आवतजावत गर्न समस्या भइरहेको छ ।


प्रकाशित : भाद्र ११, २०७८ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्