कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोपाइँ जात्राको रौनक [तस्बिरहरू]

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा मनाउन मंगलबार बौद्धनाथ चैत्य वरिपरि ठूलो भीड लागेको थियो । प्रताप मल्लको पालादेखि मनाउँदै आएको रोपाइँ जात्रालाई बौद्धबासीले यसपटक पनि निरन्तरता दिएका छन् । गाईजात्राको भोलिपल्ट पर्ने यो जात्रा मनाउन बौद्धनाथ चैत्य वरिपरि ठूलो भीड जमेको थियो ।

झाँक्री र लामाहरुको सांस्कृतिक प्रस्तुतिले जात्रालाई रोचक बनाएको थियो । त्यस्तै लाखे, तामाङ सेलो जुहारी र झ्याउरे गीत गाउने र नाच्नेहरु चैत्य वरिपरि थुप्रै थिए । एक वर्षभित्र मृत्यु भएकाका घरबाट लाठे रोपार निकाली रोपाइँ जात्रा मनाउने प्रचलन छ ।


प्रकाशित : भाद्र ८, २०७८ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्